बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर २३ गते १६:४४ मा प्रकाशित

काठमाण्डु,२३मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।

६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।

यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us