नेपालको स्वर्ण ४३ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर २१ गते १६:५४ मा प्रकाशित

धनुषा,२१मंसिर – दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ ।

जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् ।

कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन् ।

योसँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us