नेपालको स्वर्ण संख्या ३९ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर २० गते १५:०४ मा प्रकाशित

काठमाण्डु,२०मंसिर–१३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ ।

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । बंगलादेशको टोलीले कुल ८५६ अंक स्कोर गरेको थियो भने श्रीलंकाली टोलीले कुल ८७८ अंक स्कोर गरेको थियो ।

नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए । यससँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us