पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर १९ गते १७:२४ मा प्रकाशित

काठमाण्डु,१९मंसिर–दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाट स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले व्यक्तिगत २०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन् ।

गौरिकाले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेण्डमा पूरा गरिन । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन । उनले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दूरी पूरा गरिन् । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।

दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगततर्फ नेपालले पहिलो स्वर्ण जितेको हो । यसअघि नेपालले पौडीमा टिम इभेन्टमा मात्रै स्वर्ण पदक जितेको थियो ।
गौरिकाले पौडीमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा स्वर्ण पदकको संख्या ३३ पुर्यााएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us