साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १३:१४ मा प्रकाशित

काठमाण्डु,१८मंसिर–साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ ।
पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्योक ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट गुमाएको नेपालले सात रन हुँदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा बनाउँदा तेस्रो विकेट गुमाएको नेपालले ४३ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।

नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सिता रानामगरले तीन तथा सोनु खड्काले १२ रन बनाइन् । यस्तै, रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा पेभेलियन फर्किइन् ।
त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

नेपालका तीन खेलाडी खाता खोल्न नै पाएनन् ।
जवाफमा बंगलादेशले बिना विकेटको क्षतिमा सात ओभर एक बलमा लक्ष्य पूरा गर्योम । बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us