नेपालको स्वर्ण पदक २५ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,१८मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको खेलमा कराँते खेलाडी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।
उनले ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरेकी हुन् ।
मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको संख्या २५ पु‍र्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us