तेह्रौं साग महिला भलिबलको उपाधि भारतलाई

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,१७मंसिर–तेह्रौं साग महिला भलिबलको उपाधि भारतले जितेको छ ।

स्वर्ण पदकका ल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप परिसरको कभर्ड हलमा नेपालले पहिलो सेट गुमाएपनि दोस्रो तथा तेस्रो सेटमा वापसी गर्दै २–१ को अग्रता लिएको थियो ।

भारतले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को बराबरीमा ल्यायो । चार सेटमा खेलको टुंगो नलागेपछि पाँचौं सेटमा गएको थियो ।
उपाधिको लागि भएको खेलमा भारतले ३–२ को अग्रता लिँदै उपाधि जितेको हो ।

पहिलो सेट गुमाएर दबाबमा आएको नेपालले लगातार दुई सेट जितेर खेलमा उत्कृष्ट वापसी मात्रै गरेनन । बरु नेपाली प्रशंसकलाई स्वर्ण पदक जित्ने आश्वस्त तुल्याएको थियो । तर भारतले चौथो सेटमा वापसी गर्दै आफ्नो पक्षमा पारेपछि नेपाल दबाबमा आयो ।

भारतले पाँचौं तथा अन्तिम सेटमा आक्रामक खेल प्रस्तुत गर्दै नेपाललाई दुई अङ्कमा सिमित गर्दै आठ अङ्क आर्जन गरेको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुन, खेलकुद मन्त्री जगत विश्वकर्मासहित विशिष्ट अतिथिको उपस्थितिमा नेपालले फेरी खेलमा फर्कियो र लगातार तीन अङ्क जोडेर अङ्क पाँच पुर्यायो । अन्तिम सेटमा दबाब बढ्दै जाँदा नेपालले लगातार सर्भिसमार्फत् दुई अङ्कक गुमायो ।

अन्ततः भारत १५ अङ्क ल्याएर पाँचौं तथा अन्तिम सेट जित्दै स्वर्ण पदक जितेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us