१३औं साग:नेपालको स्वर्ण २३ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १७:२२ मा प्रकाशित

काठमाण्डु,१७मंसिर– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी छ।
तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गरे।

उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गरे।त्यसअघि उनले सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई पराजित गरेका थिए। यसअघि मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोबाट स्वर्ण दिलाएकी थिइन्।

मंगलबार नेपालले तेक्वान्दोबाट २, कराँतेबाट २, उसुबाट २, एथ्लेटिक्सबाट १ र ट्रायथलनबाट १ स्वर्ण गरी ८ स्वर्ण जितेको छ।
योसँगै नेपालको स्वर्ण संख्या २३ पुगेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us