१३औं साग महिला फुटबलमा नेपालले श्रीलंकालाई हरायो

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १२:२१ मा प्रकाशित

पोखरा , १७ मंसिर-१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।
मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us