काठमाण्डु , १७ मंसिर १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । मंगलबारदेखि सुरु भएको उसुमा नेपालले दुई वटा स्वर्ण हात पारेको छ ।
उसुको थाउलोमा विजय सिंञ्जालीले नेपाललाई स्वर्णपदक दिलाए । उनले चानक्वान विधामा नौ दशमलव ४८ अंक ल्याउँदै स्वर्ण जिते ।यस्तै महिलातर्फ सुस्मिता तामाङले थाउलोको यही विधामा स्वर्ण जित्न सफल भइन्उ । उनले नौ दशमलव ४४ अंक प्राप्त गर्दै पहिलो भइन् ।