काठमाण्डु , १६ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिनमै सात स्वर्ण हात पारेको छ । जुन १२ औं सागको भन्दा ३ स्वर्ण बढी रहेको छ । पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म ६ स्वर्ण जितिसकेको छ ।
यसअघि भारतमा भएको सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो ।१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री, उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो । तेक्वान्दोमा नेपाल १२ औँ सागमा स्वर्णविहीन भएको थियो ।
भारतको गुवाहिटी र सिलोङमा भएको १२ औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो । नेपालले प्रतियोगिता उद्घाटन भएको दोस्रो दिन नै आफ्नो प्रभाव जमायो । जसमा नेपालले ७ वटा स्वर्ण जितिसकेको छ ।
१३औँ सागमा अहिलेसम्म नेपालका लागि कराँते कुमुतेतर्फ लक्ष्मण तामाङ, व्यक्तिगत पुम्सेतर्फ सिना लिम्बू, तेक्वान्दोमा कमल श्रेष्ठ, कराँते एकल कातामा मण्डेकाजी श्रेष्ठ र महिला ट्रायथलनमा सोनु गुरुङले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला पुरुष दुवै कातामा स्वर्ण जितेको छ ।