सागमा नेपालको तेस्रो स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर १६ गते १२:०३ मा प्रकाशित

काठमाण्डु , १६ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।
तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।
उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।
यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us