काठमाण्डु ,१६ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले नेपाललाई पहिलो रजत दिलाएकी छिन् उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।
तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन् ।
पाकिस्तानले स्वर्ण पदक जित्दा श्रीलंकाले कास्य पदक जितेको छ ।