काठमाण्डु , १६ मंसिर- कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले यो पहिलो स्वर्ण जितेको हो । मण्डेकाजीले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।
मण्डेकाजीले २५.७२ अंक पाउँदा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।