खोखोमा नेपालको विजयी सुरुवात

काठमाण्डु टुडे २०७६ मंसिर १५ गते १६:५३ मा प्रकाशित

काठमाण्डु,१५मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ ।

किर्तिपुरमा आइतबारदेखि सुरु भएको खेलमा नेपालले बंगलादेशलाई २१–१९ अंकले हराएको छ । जितसँगै नेपालले तीन अंक बनाएको छ । खोखोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो ।

नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले चार–चार अंक बनाएका थिए । नेपालले दोस्रो खेल सोमबार भारतसँग खेल्नेछ । आइतबार नै भएको अर्को भारतले श्रीलंकालाई २१–८ अंकले हराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us