सागका लागि बंगलादेशको महिला क्रिकेट टिमको घोषणा

काठमाण्डु टुडे २०७६ मंसिर १४ गते १७:२१ मा प्रकाशित

काठमाण्डु,१४मंसिर–१३ औं साग क्रिकेटका लागि बंगलादेशले महिला टिमको पनि घोषणा गरेको छ ।
सलमा खातुनको कप्तानीमा बंगलादेशले साग क्रिकेट खेल्ने छ ।

पोखरामा हुने महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना, नहिदा अख्तर, खदीजा तुल कुबरा, रितु मोनी, पूजा चक्रवर्ती र राबिया अख्तर रहेकी छिन् ।

महिला टिमकी कप्तान तथा तिव्रगतिकी बलर खातुनले साग क्रिकेटमा टिमले स्वर्ण पदक जित्ने लक्ष्य लिएको बताइन् । उनले पहिलो पटक सागमा क्रिकेट खेल्न पाएको मौकालाई भरपुर सदुपयोग गर्ने पनि उल्लेख गरिन् ।

सागमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिएका छन् । भारत र पाकिस्तानले महिला र पुरुष दुवै क्रिकेटमा सहभागिता जनाएका छैनन् भने भुटानले पनि महिला क्रिकेटमा सहभागीता जनाएको छैन् ।

महिला क्रिकेटमा चार टिमको सहभागिता रहेपछि राउण्ड रोबिन लिगअनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us