साग महिला भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७६ मंसिर १३ गते १६:१२ मा प्रकाशित

काठमाण्डु , १३ मंसिर -नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समुह बिजेताका रूपमा अन्तिम चारमा पुग्यो भने नेपाल उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो ।
प्रतियोगितामा दुबै खेलमा हार ब्यहोरेको बंगलादेश भने बाहिरीएको छ । समुहको पहिलो खेलमा नेपालले बंगलादेशमाथि तीन शुन्यको सोझो सेटमा हराएको थियो भने भारतसँग तीन शुन्यले नै पराजित भएको थियो । अब नेपालले सेमिफाइनलमा समुह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us