१३ औं साग : भलिबलमा नेपाल आज भारतसँग भिड्दै

काठमाण्डु टुडे २०७६ मंसिर १२ गते १०:५५ मा प्रकाशित

काठमाण्डु , १२ मंसिर — १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज पनि भलिबल तर्फका खेलहरु हुने भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा दिउँसो १ बजे र ३ बजे पुरुष भलिबल हुने छ भने अपरान्ह ५ र राती ७ बजे महिला भलिबल हुने छ ।
दिउँसो १ बजे आज पाकिस्तान र माल्दिभ्स तथा ३ बजे भारत र बंगलादेश आमने सामने हुने छन् । महिला तर्फ अपरान्ह ५ बजे नेपाली टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ भने राती ७ बजे पाकिस्तान र श्रीलंका आमने सामने हुने छन् ।
पाकिस्तानको महिला टिम भने यस प्रतियोगितामा सहभागी छैन् । जसका कारण माल्दिभ्सले बुधबार वाक ओभर पाउँदै स्पष्ट तीन अंक जोडेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us