साग भलिबलमा नेपालको विजयी सुरुवात

काठमाण्डु टुडे २०७६ मंसिर ११ गते १९:०० मा प्रकाशित

काठमाण्डु,११मंसिर–बुधबारबाट सुरु १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सेटमा पराजित गरेको हो।
नेपालले बंगलादेशमाथि सहज जित निकाल्ने क्रममा पहिलो सेट २५–९ ले आफ्नो पक्षमा पार्योल। त्यस्तै दोस्रो सेटमा समेत नेपालले बंगलादेशलाई दोहोरो अंक जोड्न नदिई २५–९ ले नै आफ्नो पक्षमा पार्योन।

तेस्रो सेटमा भने नेपालले केही संघर्ष गर्नुपर्योे। तेस्रो सेटमा नेपालले २५–११ को जित हात पार्योो।
नेपाललाई सहज जित दिलाउन प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट स्पाइक मार्फत नेपालले बंगलादेशलाई दबाबमा राख्न सक्यो।

मालीलाई दोस्रो सेटको अन्त्यमा प्रशिक्षक जगदीश भट्टले विश्राम दिएका थिए। भट्टले मालीको ठाउँमा उषा भण्डारीलाई कोर्ट प्रवेश गराएका थिए। तर लगत्तै तेस्रो सेटमा पुनः प्रशिक्षक भट्टले मालीलाई कोर्ट प्रवेश गराए।
जितसँगै नेपालले सेमिफाइनल प्रवेशका लागि बलियो सम्भावना बनाएको छ। समूह ‘ए’मा रहेको नेपालले अब शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरी पुरुष भलिबलमा आजै साँझ ७ बजे नेपाल र बंगलादेश भिड्नेछन्।
१३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us