नेपाल बङ्ग्लादेशसँग पराजित

काठमाण्डु टुडे २०७६ मंसिर २ गते १४:४० मा प्रकाशित

काठमाण्डु,२मंसिर–बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपको समूह चरणअन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल बङ्गलादेश यु-२३ सँग ८ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खासै राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउदै १३८ रन मात्र बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा करण केसीले १८ रनको योगदान दिए ।
बङ्गलादेशका लागि सुमोन खान तथा मिन्हाजुल अब्दीन अफ्रिदीले समान ३ विकेट तथा मेहदी हसनले २ विकेट लिए ।
१३९ रनको सामान्य लक्ष्य बङ्गलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्योो ।

बङ्गलादेशका लागि कप्तान नज्मुल होसनी शान्तोले सर्वधिक अविजित ५९ रनको योग्दान दिए । त्यस्तै मोहम्मद नइमले ४५ तथा यसिर अलीले १८ रनको योगदान दिए ।
नेपालका लागि सुशन भारी तथा करण केसीले समान १ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us