डि.एन.ए. परीक्षण उपकरण हस्तान्तरण

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १२:१८ मा प्रकाशित

dnaप्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीलाई डेनिस राजदूताबासले अत्याधुनिक डि.एन.ए. उपकरण लगायत अपराध अनुसन्धान उपकरण ६० थान, क्यामेरा ३५ थान, कम्प्युटर ६ थान र प्रयोगशालामा प्रयोग हुने रसायनिक तत्वहरु गरी कुल ५ लाख ३४ हजार ९ सय ४१ अमेरिकी डलर बराबरका विधि विज्ञान उपकरणहरु सहयोग स्वरुप प्रदान गरेको छ ।
सामाखुशीमा  साेमबार आयोजित एक समारोहबीच समारोहका प्रमुख अतिथि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाहलाई नेपालस्थित डेनिस राजदूतावासका नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले उक्त उपकरणहरु हस्तान्तरण गरे । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक शाहले प्राप्त उपकरणहरुले अपराध अनुसन्धानमा प्राप्त सबुदको बैज्ञानिक परीक्षणका लागि नेपाल प्रहरीलाई अत्यन्तै ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us