एउटै बोकाको मूल्य ९२ हजार

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १:४२ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख – पाल्पाका एउटा फर्मममा पालेको बोका ९२ हजार रुपैयामा बिक्री भएको छ ।

खस्यौलीको हिरापोखरास्थित सृजना फार्ममा हुर्केको बोका सिन्धुपाल्चोकका बुद्धवीर लामाले खरिद गरेका हुन् । उनले बोयर जातको त्यस बोकाका लागि २० हजार रुपैयाँ बैना दिएका छन् ।

‘सिन्धुपाल्चोकको सहकारीले बाख्रापालन गर्न सुरु गरेको रहेछ’ फार्मका सञ्चालक बिष्णु अधिकारीले भने ‘खोर निर्माण सकिएपछि लैजाने बताएका छन् । फार्ममा अहिले ३० वटा बोयर जातका बाख्रा छन् ।

स्थानीय जातको बाख्रामा कृत्रिम गर्भाधान गर्दा यसजातका १६ पाठी र १४ पाठा बोयर जात जन्मिएका छन् ।

जन्मँदै यस जातको पाठापाठीको तौल २ किलो हुन्छ । यसको हुर्कने वृद्धिदर राम्रो छ । भारतको पुनाबाट सिमेन वीर्य ल्याएर स्थानीय जातको बाख्रालाई गर्भाधान गराई ती पाठापाठी जन्माइएको हो । कान्तिपुर दैनिकले छापेको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us