नेपाल टेलिकमले ल्यायो संविधान दिवसको अवसरमा यस्तो उपहार

काठमाण्डु टुडे २०७६ असोज २ गते ११:१५ मा प्रकाशित

काठमाण्डु , २ असोज — संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने छन् । असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने यो योजना प्रयोग गर्न *1415*3#८ मा डायल गर्नुपर्छ ।

यसका साथै 3D1Gलेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us