काठमाण्डु , ४ भदौ—सरकारले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिन लागेको छ।
गत वर्ष जब मेलम्चीको मुख्य सुरुङ छिचोलियो तब खानेपानी मन्त्री बीना मगरले दशैँसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताएकी थिइन्।तर मेलम्ची पूरा हुनु त कता हो कता तिहारपछि मुख्य ठेकेदार नै काम छाडेर भागेपछि मेलम्चीको प्रतीक्षामा बसेका काठमाण्डू वासिका तिर्खा समाजिक सञ्जालमा पनि विभिन्न रूपमा देखिने गरेको छ ।
गत पुस १ गते इटालियन कम्पनी सीएमसी आफैँ समस्यामा परेपछि काम अलपत्र छाडेर भागेको आठ महिनापश्चात् बल्ल सिनोहाइड्रो चीनको एक विशाल एवम् प्रतिष्ठित जलविद्युत् इन्जिनियरिङ तथा निर्माण कम्पनी हो।उसले चीनका अतिरिक्त दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र अझ खासगरी अफ्रिकामा दर्जनौँ ठूला आयोजना निर्माण गरेको छ ।
बोलपत्र आह्वान गर्दा सबभन्दा कम रकममा काम सक्छु भनेकाले उसलाई ठेक्का दिन लागिएको बताइएको छ।अहिले मेलम्चीमा बाँकी रहेको मुख्य कार्य भनेको हेडवर्क्स (नदीबाट पानी फर्काएर सुरुङभित्र ल्याउने काम हो जसका लागि खोलामा सानो बाँध बनाउनुपर्छ)तथा सुरुङका केही अन्तिम वा फिनिशिङका काम छन्।त्यसका अतिरिक्त काठमाण्डू उपत्यकामा पाइपलाइन जडान तथा सुन्दरीजलमा पानी प्रशोधनस्थलको काम पनि जारी नै छ।
हामी बोलपत्र र खरिद प्रक्रियाको अन्तिम अवस्थामा पुगेका छौँ। मूल्याङ्कन र अन्य प्रक्रियापश्चात् अब सम्झौता गर्न आऊ भन्ने भावमा पत्र पठाउँदैछौँ,आयोजना सञ्चालन गर्दै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।नयाँ ठेक्काको लागि बनाइएका कागतपत्रमा सुरु भएको १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गरिनुपर्ने उल्लेख छ।तर निर्माण कम्पनीले दक्षतापूर्वक काम गरेको खण्डमा त्योभन्दा अगावै सकिने सम्भावना पनि रहेको छ, पन्तले भने।
हेडवर्क्सबाहेक सुरुङका बाँकी काम सिध्याउन पनि सिनोहाइड्रोलाई नै जिम्मा दिन लागिएको छ।तिनमा जलविद्युत् आयोजनादेखि बाँध अनि सडक आयोजना थुप्रै छन्।मेलम्चीमा यसअघिको ठेकेदार कम्पनीहरूबाट अपेक्षित काम नभएको सन्दर्भमा आगामी कम्पनी कस्तो होला भन्ने चासो सबैमा देखिन्छ।यसअघि पनि सिनोहाइड्रोले मेलम्चीमा ठेक्काको निम्ति इच्छा देखाएको थियो। तर त्यतिखेर उसले तोकेको रकमभन्दा अन्यको कम भएको हुनाले छानिएको थिएन।
सिनोहाइड्रोको ट्र्याक रेकर्ड यहाँ त्यति सकारात्मक त देखिँदैन किनभने उसले हात हालेका आयोजनाहरू समयमा र तोकिएकै लागतमा सकिएका छैनन्, लामो समयदेखि जलस्रोतबारे लेख्दै आएका पत्रकार विकास थापाले बताए।
उनका अनुसार सिक्टा आयोजना, कुलेखानी तेस्रो, चमेलिया तथा माथिल्लो तामाकोशीमा सिनोहाइड्रोको कार्यसम्पादन चित्तबुझ्दो छैन।
उसले हात हालेका ठूला आयोजना यिनै हुन् र यी निर्धारित समय र लागतमा पूरा भएका छैनन्, उनले भने।उनका अनुसार सिनोहाइड्रो निर्माण व्यवसायीका अतिरिक्त नेपालमा जलस्रोत प्रवर्तक पनि भएर आएको (५० मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजनामा) हुनाले नेपालका विभिन्न परिवेशका कारण पनि उसको कार्यसम्पादन त्यति उत्साहजनक नभएको हुन सक्छ।
मेलम्ची कार्ययोजना
साढे ३५ करोड डलर बराबरको मेलम्ची आयोजनामा एशियाली विकास ब्याङ्कले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको
झन्डै १३ लाख सहरवासी अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान
पहिलो चरणमा मेलम्चीमार्फत् १७ करोड लिटर पानी प्रतिदिन काठमाण्डू ल्याइने
दोस्रो चरणमा याङ्ग्री र लार्के नामका अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना
त्यसका लागि आधा अर्ब डलर लाग्ने अनुमान