काठमाण्डु,३भदौ–साताको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । यस दिन नेप्से परिसूचक ८.४३ अंकले घटेर १२१३.६३ बिन्दूमा झरेको छ । कुल १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिले दिन सोमबार नेप्से सात अंकभन्दा बढीले बढेको थियो ।
कारोबार रकमका आधारमा सोल्टी होटल अगाडि रहेकोे छ । सो कम्पनीको ४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै मंगलबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५.६२ प्रतिशतले वृद्धि भएको छ । उता, सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी लगानीकर्ता रहेका छन् । सो कम्पनीको शेयर मूल्य ९.
५६ प्रतिशतले घटेको छ । मंगलबार कारोबारमा आएका समूहमध्ये व्यापार र सामूहिक लगानी कोष समूहको परिसूचक बढेको छ भने अन्य सबै समूहको सूचक घटेको छ ।