यामाहा एमटी १५ अब नेपालमा सार्वजनिक हुने : यस्तो छ, नेपाली बजारमा यसको मुल्य?

काठमाण्डु टुडे २०७६ भदौ ३ गते १२:२४ मा प्रकाशित

काठमाण्डु , ३ भदौ —केही महिना अघि भारतमा सार्वजनिक भएको यामाहा एमटी १५ अब नेपाली बजारमा सार्वजनिक हुने भएको छ । यामाहा एमटी१५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’हो।

१५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको यामाहा एमटी१५ ले १० हजार आरपीएममा १९-३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४-७ एनएम टर्क उत्पादन गर्छ।यसको फ्युल इन्जेक्टेड इन्जिन यामाहा आर१५ भी३बाट आयात गरिएकोले यसमा पनि भीभीए (भेरिएबल भल्भएक्चुएसन) छ र यसमा ६ स्पिडको गियरबक्स रहनेछ। यसको पावर र टर्कले गर्दा एमटी१५ १५० सीसी सेग्मेन्टको सबै भन्दा शक्तिशाली मोटरसाइकल बन्ने कम्पनीको दावी छ।

एमटी १५ यामाहा आर १५ भी३ को ’नेकेड भर्सन ‘हो। यसको फ्युल ट्यांकलाई ‘शार्प डिजाइन’दिइएको छ र ट्यांकको अगाडिको भागलाई थोरै ‘एक्सटेन्ड’गरिएको छ। किराको आँखा जस्तो देखिने ट्विन हेडल्याम्प, विशेषखाले टेललाइट र इन्जिन राखिएको प्रष्ट देखिने फ्रेमले एमटी१५ लाई शुद्ध नेकेड स्ट्रिट फाइटर बनाएको कम्पनीको दावी छ। एमटी१५ को हेडलाइटले यसलाई अझ धेरै एग्रेसिभ देखाएको छ।

एमटी १५मा ‘स्लिप असिस्ट क्लच’, टर्विन एलइडी हेडल्याम्प, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु समावेस छन्।नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी१५ को मूल्य सार्वजनिक गरेको छैन। नेपालमा यसको सुरुवाती मूल्य ४ लाख २५ हजार हुने आकलन गरिएको छ।

नेपालमा यसको सिधा प्रतिश्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४भी र केटीएम २०० ड्युकसँग हुनेछ।जापानी मोटरसाइकल निर्माता यामाहाले एमटी सिरिजको उत्पादन सन् २००५ बाट गरेको थियो। ‘एमटी’को पूर्ण रुपमा‘मास्टर अफ टर्क’हो। एमटी सिरिजका मोटरसाइकल ‘पावर’का लागि प्रख्यात छ।

एमटी सिरिजका मोटरसाइकलहरु विशेष खालका इन्जिनबाट सुसज्जित हुन्छन्।यी सिरिजका मोटरसाइकल सिंगल सिलिन्डर, ट्विन सिलिन्डर, प्यारालर ट्विन, इन–लाइन ३, इन–लाइन ४ र भी–टविन आदिसमावेस छन्। एमटी सिरिजका मोटरसाइकलहरुमा ‘राइड–बाई–वायर’, ‘स्लिपर क्लच’, एबीएस, ‘मल्टिमोड ट्रयाक्सन कन्ट्रोल’, ‘सुपेरियर मोनोक्रस सस्पेन्सन’, एलईडी लाइटिङ र ‘अल डिजिटल एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल’ जस्ता ‘टप क्लास’फिचरहरु हुन्छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us