ललितपुर,३२साउन– उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुकुम्बासी टोल बस्ने डोटी जोराईन गाउँपालिका(४ घर भएका ४४ वर्षीय धन बहादुर थापा, काठमाडौं कीर्तिपुर नगरपालिका-७ भाजाङ्गल बस्ने डोटी जोराईन गाउँपालिका-४ घर भएका २१ वर्षीय राम बहादुर थापा, काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजार बस्ने मकवानपुर घर भएका १९ वर्षीय जिवन तामाङ स्याङतान र काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने झापा दमक नगरपालिका-
९ घर भएका ३२ वर्षीय रबिन्द्र अधिकारी रहेका छन् ।
ती व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर ललितपुर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बिभिन्न किसिमका सुनका गरगहनाहरु करिब १६ तोला, चाँदीका गरगहनाहरु तथा सरसामन गरी ५० तोला, ल्यापटप, बिभिन्न देशका मुद्राहरु र चोरी गर्दा प्रयोग गरिने फलामको हम्मर, रड, पेन्चिस, पिलास, रेन्चि र नक समेत प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत ललितपुरबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।