सुन तोलामै १२ सयले बढ्यो

काठमाण्डु टुडे २०७६ साउन ३० गते १२:३२ मा प्रकाशित


काठमाण्डु,३०साउन–पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ ।
आज बिहीबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।
यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us