कुलमान खिसिङकाे नेत्तृत्वले : प्राधिकरणलाई ७ अर्ब नाफा

काठमाण्डु टुडे २०७६ साउन २९ गते १४:४२ मा प्रकाशित

काठमाण्डु , २९ साउन—घाटामा रहेको नेपाल विधुत् प्राधिकरणले कुलमान घिसिङको नेत्तृव पाएसंगै नाफा आर्जन गर्न थालेको छ ।
विगतमा २४ घन्टामा १८ घण्टा लोडसेडिंगको मारमा परेका जनता, बर्षेनी घाटा वेर्होने प्राधिकण र भारतबाट विधुत किन्न विवश सरकारको पिडा घिसिङ आएसंगै अन्त्य भएको छ ।

घिसिङले नेतृत्व सम्हाले देखि घाटाको नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताए ।कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us