
काठमाण्डु,१४ साउन—नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवारमंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएका छन्।
बिहान ९:३० बजे युएई गएका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताएका छन् । प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा पनि छन्। लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले बताएको छ।
युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरिनसकेका प्रचण्ड १८ गते नेपाल फर्किनेछन्।उनको युएई भ्रमणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बसेको सचिवालय बैठकमा जानकारी गराइएको थियो।