ढिला चाडो विप्लव नेकपामा नआए सिद्दिन्छन: प्रचण्ड

काठमाण्डु टुडे २०७६ साउन १३ गते १७:३५ मा प्रकाशित

काठमाण्डु,१३साउन—सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले विप्लव समूह ढिलो वा छिटो आफ्नै पार्टीमा समाहित नभए उनीहरु सिद्धिने चेतावनी दिएका छन् ।
उनले विप्लव समूहले थालेको संघर्ष सफल नहुने दाबी गर्दै सिद्धिने वा समाहित हुने मध्ये एक विकल्प रोज्नुपर्ने पनि बताए । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’
पेरु, फिलिपिन्स, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको अध्यक्ष प्रचण्डले बताए । माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी लिँदै उनले भने यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us