
काठमाण्डु,१३साउन — कृषिप्रधान मुलुकमा २८ अर्बको तरकारी र ३७ अर्बको खाने तेल आयात भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा मुख्य बाली धान, मकै, गहुँसमेत अर्बौंको आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । २८ अर्बको तरकारी र ३७ अर्बको खाने तेल आयात भएको तथ्याङ्कले कृषिजन्य वस्तुमै परनिर्भर हुँदा व्यापार घाटा भयावह बन्दै गएको देखाएको छ ।
कुल जनसंख्याको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको कृषि प्रधान मुलुकमा रु १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भएको छ ।
सो अवधिमा ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात भएको छ । आयात व्यापार १३/९३ र निर्यात व्यापार १९/३६ प्रतिशतले बढेको विभागको तथ्याङ्क छ ।