
एजेन्सि, शुक्रवार राती भान्गानीमा जलमग्न लिकमा अड्केको महालक्ष्मी एक्सप्रेस रेलबाट भारतीय अधिकारीहरूले एक हजार ५० जनाको सकुशल उद्धार गरेका छन्।
यात्रुहरूलाई निकाल्न हेलिकप्टर, डुङ्गा र गोताखोरहरू परिचालन गरिएको थियो।यात्रुहरूले आफूहरूलाई रेलमै रहन भनिए पनि १५ घण्टा खाना र पानी नपाएको आईएनएस समाचार संस्थालाई बताएका छन्।दक्षिण एशियामा मनसुनका कारण आएको बाढीले छ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।
सेन्ट्रल रेलवेले नौ जना गर्भवति महिलासहित सबै यात्रुको सकुशल उद्धार गरेर सुरक्षित स्थलमा पुर्याइएको बताएको छ।घटनास्थल नजिकै खाना र औषधीसहितको अस्थायी बसोवासस्थल बनाइएको थियो।रेलवेका एकजना प्रवक्ताले प्रभावित यात्रुहरूलाई बाँकी यात्राको लागि वैकल्पिक व्यवस्था गरिएको बताएका छन्।बदलापुर, उल्लासनगर र भान्गानी शहरका थुप्रै भूभागहरू वर्षाका कारण जलमग्न भएको बताइएको छ।
वर्षा र बाढीका कारण मुम्बईका अन्य यातायात पनि प्रभावित भएका छन्।मुम्बईमा ११ उडान रद्द गरिनुका साथै थुप्रै उडानहरू फर्काइएको छ।