
काठमाण्डु, १२ साउन- इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले अब हरेक टिभीमा यूट्यबु अफर शुरुआत गरेको छ ।
हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला ।
पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ र ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले अब हरेक टिभीमा यूट्यबु नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको जनाएको छ ।
यस सेवा अन्तर्गत वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टि.भीमार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्नेछ ।
यो सुविधा स्र्माट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुकालागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।
अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्दछन् ।