
मोरङ, ११ साउन– मोरङको कानेपोखरी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।
४४ वर्षीय शम्भु गहतराज र २६ वर्षीय धनकेशर राई शुक्रबार साँझ स्थानीय जनजागृति सामुदायिक वनबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी, वन रक्षक र सामुदायिक वनको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।