बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो  ,३१ जना बेपत्ता

काठमाण्डु टुडे २०७६ असार ३१ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, ३१ असार- देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।

विपद्बाट सिर्जित समस्याले  ३१ जना बेपत्ता छन् ।यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् ।

हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ ।

उद्घार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us