डीभी पीआर बोक्ने कर्मचारीमाथि आइलाग्यो आपत

काठमाण्डु टुडे २०७६ असार ३१ गते ६:५० मा प्रकाशित

काठमाण्डु, ३१ असार- सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरुप पेन्सन उपदान नदिने भएको छ ।

संघीय निजामति सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्र सेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ । सेवा अवधिमै कर्मचारीले डीभी\पीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम बढेपछि सरकारले कानूनी रुपमै त्यस्ताृ प्रवृत्तिमाथि अंकुश लगाउन लागेको हो । अहिलेसम्म भ्रष्टाचारजस्ता फौजदारी कसुर प्रमाणित भए मात्र राष्ट्रसेवकले पेन्सन वा उपदान नपाउने कानूनी व्यवस्था छ । यसअघि सरकारले डीभी\पीआरवाला कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेपछि अवधि पुगेकाहरु पेन्सन लिएर र नपुगेकाहरु उपदान लिएर विदेसिएका थिए ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us