युएई दुतावासले नेपालीलाई भिजिट भिषाका लागि सिफारिसपत्र नदिने

काठमाण्डु टुडे २०७६ असार ३० गते १६:३५ मा प्रकाशित

काठमाण्डु, ३० असार- युएई भ्रमणको लागि नेपाली दुतावासले दिने दुतावासको सिफारिस पत्र बन्द गर्ने भएको छ । नेपाली दुतावास अबुधावीले आइतवार आफ्नो वेव साइटमा एक सुचना जारी गर्दै सो जानकारी दिएको छ ।
संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु श्रीमान वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी लाई यस राजदूतावासबाट जारी गरिँदै आएको नो अब्जेक्सन सटिर्फिकेट एनओसी असार ३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।’ दुतावासद्वारा जारी सुचनामा भनिएको छ ।
भिजिट भिषामा युएई पुगेर कामदारको रुपमा काम गर्ने प्रवृत्ति बढेकाले सिफारिसत्रि रोकेको दुतावासले जनाएको छ । त्यसो त दुतावासको सिफारिस पत्र दुरुपयोग गर्दै कतिपयले मोटो रकम लिएर भिजिट भिषामा नेपालीलाई युएई पठाउदै आएको सार्वजनिक भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us