बस दुर्घटना १० घाइते

काठमाण्डु टुडे २०७६ असार ३० गते १५:०७ मा प्रकाशित

टीकापुर, ३०-असार महेन्द्रनगरबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस टीकापुर कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा दुर्घटना हुँदा १० जना घाइते भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख निरिक्षक यक्षराज जोशीले बताए ।

बसमा ३० जना यात्रु सवार रहेका थिए। उनका अनुसार बसको टायरको रड भाच्चिँएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घाइते यात्रुको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको इलाका प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us