बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६७

काठमाण्डु टुडे २०७६ असार ३० गते १४:३७ मा प्रकाशित

file photo

काठमाण्डु, ३० असार-गत बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६७ जनाको ज्यान गएको छ ।
विपदमा परेर ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपदबाट प्रभावित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us