
काठमाण्डु, ३०असार- महानगरीय प्रहरी कार्यालय,रानीपोखरीले आइतबार साँझ गोंगबुको नेपाल तारा गेष्ट हाउसबाट पेट्रो बाराटा अटोमेटिक पेस्तोल र ५ राउण्ड गाेलीसहित झापाका सविन खवास, नुवाकोटका रामकुमार राई र प्रितम राई पक्राउ गरेको छ। पक्राउ परेका व्यतिहरुकाे सुन लुट्ने योजना रहेको प्रहरीले दाबी गरेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकृतसमक्ष बयान दिने क्रममा अभियुक्तले सुन लुट्ने योजना रहेको उल्लेख गरेको दाबी गरेको हो ।प्रमुख एसएसपी सहकुलबहादुर थापा अनुसार ठेक्कापट्टाको सिलसिलामा खवासको राईद्वयसँग चिनजान भएको थियो । खवासले नै मोटो रकम हात पर्दैछ भनेर उनीहरुलाई हतियारसहित बोलाएको प्रहरीको दाबी छ ।
पुरानै अभियुक्त
प्रहरीका अनुसार १९ फागुन २०७३ मा खवास अपहरण तथा शरीर बन्धक मुद्दामा हतियारसहित पक्राउ परेका थिए । यो वर्ष ८ मंसिरमा खवास छुटेका थिए ।कारागारमुक्त भएलगत्तै खवासले समूह खडा गरेर लुटपाटको योजना बनाएको जनाइएको छ ।
प्रितम गत मंसिरमा जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । रामकुमारमाथि पनि सार्वजनिक अपराध मुद्दा चलिसकेको छ ।