४ लाख घुससहित डीएफओ पक्राउ

काठमाण्डु टुडे २०७६ असार २७ गते १४:२६ मा प्रकाशित

सुर्खेत, २७ असार- जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डीएफओ भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित समातेको हो ।
काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रबक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us