गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

काठमाण्डु टुडे २०७६ असार २४ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, २४ असार-गृहमन्त्री राम बहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।
पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेकोभन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पारे।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको दावी गरे ।
विप्लब समुहका कार्यकर्ताले सर्लाहीको लावबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासो पछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समुह र विप्लब समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको उनले बताए।
सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरि बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् । अहिले पनि बैठक अवरुद्ध छ । सांसदहरुले विरोध गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us