सर्लाहीमा प्रहरीको हवाई फायर बाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २४ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, २४ असार -सर्लाही ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको छ र त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी सरोजनारायण यादवको मृत्यु भएको छ ।सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ ।

मंगलबार संसदमा कांग्रेस र राजपा सांसदहरुले यसबारे प्रश्न उठाए । हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो भन्ने उनीहरुको प्रश्न थियो ।संसदमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले भने हवाई फायरमै उनको मृत्यु भएको दाबी गरे । उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको बताए ।
प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको उनले बताए । गृहमन्त्री थापाले भने, ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us