विप्लव समूहले बर्दियामा जलायो वडा कार्यालय, प्रहरी निरीक्षक घाइते

काठमाण्डु टुडे २०७६ असार २४ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, २४ असार- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालयमा आगो लगाएको छ।
सोमबार राति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेका हुन्।आगोलागीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ।

लेखा फाँटमा रहेका काजगात पनि जलेपछि वडाका विवरणहरू नष्ट भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको बताए।वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रजिअ करुम्बाङ्गले जानकारी दिए।आगो निभाउने क्रममा छानो खसेर घाइते हुनुभएका मल्लको नेपालगञ्जमा उपचार भइराखेको छ,’ उनले भने।

घटनामा संलग्नको खोजी भइराखेको उनले बताए।यता गुलरिया नगरपालिका वडा नम्बर ७ र १२ मा पनि विप्लव समूहले ताला लगाएको उनले जानकारी दिए।विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us