भैंसेपाटी प्रहरी प्रभागबाट तीन थुनुवा फरार, चार प्रहरीमाथि निलम्बन प्रक्रिया सुरु

काठमाण्डु टुडे २०७६ असार २४ गते १०:५६ मा प्रकाशित

काठमाण्डु, २४ असार-महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीन जना थुनुवा ग्रिल उप्काएर भागेका छन् । फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका थुनुवा भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।
ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।ललितपुर प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले फरार भएकाहरुको खोजी कार्य जारी रहेको बताए ।

थुनुवा भगाउन सहयोग गरेको आरोपमा भैंसेपाटी प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको एसएसपी धानुकले बताए । उनीहरुलाई निलम्बन गर्न लागिएको परिसरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us