
काठमाण्डु, २३ असार– कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले कतारमा खानेपानी बेच्ने प्रस्ताव गरेका छन् ।
संसदीय सुनुवाईका क्रममा सोमबार सांसदका जवाफ दिँदै उनले नेपालको पानी कतारमा बेच्न सम्भव रहेको बताए । पानीको अभाव झेलिरहेको कतारले नेपालका हिमालयबाट बगेर आएको पानी खुसीसाथ किन्ने दाबी उनको थियो ।
‘हाम्रो हिमालमा स्वछ पानीको ठूलो भण्डार छ’, भारद्वाजले भने, ‘कतारमा पानीको अभाव छ ।’ यस्तै उनले विभिन्न अभियोगका कतारी जेलमा रहेका नेपाली नागरिकलाई जेलमुक्त गराउन आफू सक्रिय हुने प्रतिबद्धता जनाए । यस्तै नेपाली कामदारलाई सम्मानजनक रोजगारीको अवस्था सिर्जना गराउन भूमिका खेल्ने बताए । यसअघि बंगलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्रले चुरे खनेर त्यहाँको ढुंगा बंगलादेश बेच्ने प्रस्ताव राखेका थिए ।