
काठमाण्डु, २३ असार -संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच थापाले त्यहाँका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २९ गते संविधानको धारा २८२ अनुसार संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देशबारे जानकारी गराएका थिए ।
उपराष्ट्रपति तथा प्रधानमन्त्री शिख मोहम्मद बिन रसिद अल म्याकटुमले ढकालले बुझाएको ओहदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।