
काठमाण्डु, २३ असार– काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले तेश्रो बिबाह गर्ने भएका छन् ।
कार्की ६२ वर्षका भए ।
उनले आइतबार थापाथलीस्थित एक पार्टी प्यालेसमा उत्सवशमशेर राणाकी नातिनीसँग बिहेका लागि टिकाटालो गरेका छन् । टिकाटालोमा काँग्रेसका केही नेता र सीमित पारिवारिक सदस्य मात्र थिए । विवाहको मिति भने गोप्य राखिएको छ । अघिल्ला दुई श्रीमतीको निधन भएपछि कार्की एक्लो जीवन बिताउँदै आएका थिए । कार्कीकी कान्छी श्रीमती आबु राणाको क्यान्सरबाट करिब दुई वर्षअघि निधन भएको थियो ।
कार्की सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन् ।