आजदेखि ७४ वर्षका भए पूर्वराजा ज्ञानेन्द्र, यो वर्ष जन्मोत्सव नमनाउने

काठमाण्डु टुडे २०७६ असार २३ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, २३ असार पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् ।

आफन्तहरुको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । ज्ञानेन्द्रको आज सोमबार ७४ औं जन्मदिन हो ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us